
नेपालस्थित अमेरिकी राजदूतबास केही समययता सांस्कृतिक कूटनीतिमा अब्बल देखिएको छ । नेपालका मूलधारका चाडपर्व मात्र हैन,विभिन्न जातजातिका नेपालीका चाडबाड पनि अमेरिकी राजदूत आफैं सहभागी भएर मनाइरहेको पाइन्छ ।
यसवर्षको दशै लोभलाग्दो किसिले मनाएको नेपालस्थित अमेरिकी दूताबासले तिहार पनि त्यतिकै रमेर मनाएको छ । अमेरिकी राजदूतलगायत दूताबासका कर्मचारी यमपञ्चकका पाँचै दिनका पूजामा सहभागी भएका छन् ।
फरक धर्मवालम्वी अमेरिकी दूताबासका कर्मचारी पनि नेपाली चाडबाडमा रमाएको देखेर नेपालीहरू दंग परेका छन् । उनीहरूको यस्तो कर्मले नेपालीको मन जितेको छ । एकजना कहलिएका अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जरले भनेका थिए- ' कूटनीति अब मौनताको भाषा रहेन, मुस्कानको भाषा हो ।' उनले यही क्रममा सांस्कृतिक कूटनीतिको कुरा गर्दै भनेका थिए। 'जब मानिसको सांस्कृतिक मन जितिन्छ, त्यसपछि बाँकि मन जित्न कुनै कूटनीति नै चाहिदैन ।'
नेपालका धेरैजसो घरमा आज र भोली दाजुभाइ र दिदीबहिनीबिचको माया र स्नेहको पर्व मनाउने गरिन्छ। हामी पनि हाम्रा साना ग्रान्ट र नोराजस्तै तपाइहरूको पर्व उपहार र आशिर्वादले भरिएको होस् भन्ने कामना गर्दछौं। भाईटिका र किजा पूजाको शुभकामना।
- अमेरिकी दूताबासको फेसबुक पेज
किसिञ्जरको यो सांस्कृतिक कूटनीति अमेरिकी कूटनीतिज्ञहरूले अपनाउँदै आएको पाइन्छ । अरू धर्म र संस्कृति भएका देशमा कसरी उपयोग गरेका छन्, त्यसको सन्दर्भ नभए पनि नेपालमा भने त्यसको राम्रैसँग उपयोग भएको पाइन्छ ।
खासगरी नेपालमा यसअघि आफ्नो कार्यकाल पूरा गरेर फर्केकी अलाइना तेप्लिजले सांस्कृतिक कूटनीतिलाई प्रष्टसँग अनुभूति हुने गरेर अंगालेकी थिइन् । उनको उत्तराधिकारीका रूपमा आएका राजदूत बेरीले त्यसलाई अरू उचाइमा पुर्याउन कुनै कसर बाँकि राखेको देखिन्न ।
उनको यो उदार धार्मिक कूटनीतिले नेपालमा खासगरी तीनवटा सन्देश दिएको छ ।
पहिलो, क्रिश्चियन भएर पनि हिन्दू धर्मका चाड मनाएकोेमा उनको प्रशंसा भएको छ । यस क्रममा हिन्दू धर्मबाट क्रिश्चियन भएका कतिपय नेपालीले गरेको छिछि दूरदूरको व्यवहारलाई जवाफ पनि मिलेको छ, 'उनीहरू पुस्तेनी क्रिश्चियन भएर पनि यसो गर्छन्, तर नयाँ नेपाली क्रिश्चियन भने आधा गाग्रो पानी छचल्किन्छन् ।'
दोस्रो, क्रिश्चियन धर्म नराम्रो हैन रहेछ । यसले सबै धर्मको इज्जत र सम्मान नै गर्ने रहेछ । जसले त्यस्तो गर्छ, त्यो त नबुझेर गरेको रहेछ ।
तेस्रो, अरू धर्मवालम्वीले पनि क्रिश्चियन धर्मवालम्वीलाई इज्जत र सम्मान दिनुपर्ने रहेछ ।
यी सन्देशहरूमार्फत् अमेरिकी राजदूत बेरीले नेपालीको मन जितेका छन् ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया