बिहिबार, २१ अगस्ट २०२५

फरार अपराधी ६ वर्षपछि पक्राउ

News Image
प्रतिकात्मक तस्बिर
• • •

जिल्ला प्रहरी कार्यालय जुम्लाले ६ वर्ष अघिदेखि फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुगु कार्मारोङ गाउँपालिका –२ का सोनाम तामाङ रहेका छन् ।

शुक्रबार प्रहरीले गोप्य सूचनाका आधारमा तामाङलाई चन्दननाथ नगरपालिका ५ कालेखोलीबाट पक्राउ गरेको डिएसपी लाल बहादुर धामीले बताए । प्रहरीका अनुसार तामाङ चाइनिज मुद्रा (युवान)को अवैध कारोवारी हुन् ।

उनलाई सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते ३० लाख ५० हजार २ सय ४४ रुपैया जरिवाना तोकेको थियो । २०७२ बैशाख ७ गते पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेपछि उनी फरार थिए ।

फैसला कार्यान्वयन गर्नको लागि प्रहरीले अप्रेसन चलाएर उनको खोजि गरेको डिएसपी धामीले बताए । प्रहरीले आइतबार सार्वजनिक गर्दै अदालतमा पुनः पेश गरेको छ।

आइतबार, कार्तिक १७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)