बुधबार, १३ अगस्ट २०२५

हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ

News Image
फाइल तस्बिर
• • •

प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद छन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान उनलाई कुलेश्वरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल पनि बरामद भएको छ।

उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाउने तयारी भइरहेको बुझिएको छ।

आइतबार, मंसिर ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)