बाहिरी बोर्ड फोटो स्टुडियो, भित्रि कारखाना ठगी

तस्बिरः बिएल नेपाली सेवा

बिहिबार प्रहरीले सरकारी कागजात कीर्ते गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले करिब एक साता लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगा रानीवन-७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका-९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर-१६ पिठुवा स्थायी ठेगाना भई हाल सिनामंगल बस्ने ३४ वर्षीय अमृत सुर्खेती छन्।

प्रहरीले नियन्त्रणमा लिएका तीनै जनाफोटो स्टुडियोका सञ्चालक हुन्। दवाडीले बसुन्धरामा, सुर्खेतीले सिनामंगलर तोलाङ्गी गोंगबुमा फोटो स्टुडियो खोलेका छन्।

तर बाहिर देखाउन फोटोस्टुडियो भएपनि भित्रि धन्दा भने अर्कै भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनीहरूले फोटोस्टुडियोमा विभिन्न सरकारी कागपत्रहरु किर्ते गरेर रकम लिने गरेको देखिएको छ।

विभिन्न व्यक्तिसँग अर्डर अनुसारको कागजपत्र बनाउने सहमति गराएर पैसा लिने गरेको केन्द्रीय अनुसन्धान व्यूरोका डिआआइजी निरजबहादुर शाहीले जानकारी दिए।

उनीहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग  प्रहरी प्रधान कार्यालयमा तयार भएको प्रहरी रिपोर्टहरु, प्लस टुका एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाण पत्रहरु, नेपाली सेना प्रमाणपत्रहरु, विभिन्न विद्यालयका मार्कसिटहरु तयार पार्थे।

स्टुडियोको सम्पर्कमा आएका मानिसबाट माग अनुसारको विवरण लिएर उनीहरुले छाप्नको लागि भने कारखानामा पठाउने गरेका थिए। स्टुडियोमा बिवरण टिप्ने र छाप्न छुट्टै कारखनामा पठाउने गरेको डिआइजी शाहीले बताए।

'उनीहरुले छाप्ने र फोटोकपी भने त्यहाँ गर्दैन थिए। अर्को ठाँउमा छुट्टै कारखाना खोलिएको थियो,' डिआइजी शाहीले भने।

उनीहरुको ग्राहक भनेको धेरै जसो बैदेशीक रोजगारीमा जाने गरेका थिए। बैदेशीक रोजगारीमा जानेहरुको धेरै मात्रामा नक्कली कागजपत्र प्रहरीले बरामद गरेको छ।

उनीहरुले सेवाग्राहीको आवश्यकता हेरेर रकम लिने गरेको खुलेको छ।

प्रकाशित मिति: : 2019-11-29 20:29:26

प्रतिकृया दिनुहोस्