आइतबार, १७ अगस्ट २०२५

गौरिकाले भनिन्- नेपाली होइन भन्छन्, तर मेरो पदक नेपाललाई हो

News Image
पदक जितेपछि गौरिका
• • •

नेपालमा जारी १३औं संस्करणको दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीको ब्यक्तिगत स्पर्धामा नेपालकी गौरिका सिंहले पहिलो स्वर्ण पदक जितेकी छन्।

ओलम्पियन पौडीबाज सिंहले बिहिबार कीर्तिमानी स्वर्ण जितेकी हुन्।

साग खेलकुदको ईतिहासमा उनले जितेको यो स्वर्ण पौडीको ब्यक्तिगत स्पर्धामा पहिलो हो।

बेलायतमा अध्ययन गरेर बसेकी गौरिका उतै प्रशीक्षणसमेत गर्छिन्। यद्यपी राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन उनीनेपाल आउँछिन् ।

सन् २००१६ मा ब्राजिलको रियो ओलम्पिकमा उनले नेपालको प्रतिनिधित्वसमेत गरेकी थिईन् ।रियो ओलम्पिक खेल्ने उनी सबैभन्दा कान्छी खेलाडीसमेत थिईन् ।

खेलपछि सञ्चारकर्मीसँग उनले आफू लण्डनमा बस्ने भए पनि कतिले नेपाली होइन भन्दा दुःख लाग्ने प्रतिक्रिया दिइन्।

‘धेरै मान्छे तिमी बाहिर बस्छ, नेपाली हैन भन्छन्, तर म नेपाली हो, यो मेडल नेपाललाई हो,’ १६ वर्षकी गौरिकाले देशप्रति आफ्नो समर्पणभाव जनाईन् ।

उनले आफूले  जितेको स्वर्ण नेपाल र अभिभावकप्रति समर्पित गरिन्।

गौरिकाले सागमा कुल ११ स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् । उनले दुई स्पर्धा बिहिबार सकेकी छिन् ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जितिन् । टिम रिलेमा आफ्नै बलमा कास्य जिताईन्।

उनले ४ सय मिटर फ्रिस्टाईललाई मुख्य लक्ष्य बनाएकी थिईन्। जसमा उनले पहिलो दिननै स्वर्ण जितेकी हुन्। हरेक स्पर्धामा उनी आफ्नो उत्कृष्ट दिने बताउँछिन्।

शुक्रबार, मंसिर २०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)