
प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्टोको लगातार दोस्रो सतकको सहयोगले इंग्ल्यान्डले ३ सय ६ रनको चुनौति न्युजिल्यान्डलाई दिएको छ।
सेमिफाइनल प्रवेशका लागि दुवै टिमलाई जित्नै पर्ने अति महत्वपूर्ण खेलमा पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले बेयरस्टो र जेसन रोयको १ सय २३ रनको सतकीय साझेदारीमा ८ विकेटकाे नाेक्सानीमा ३ सय ५ रन बनायाे। बेयरस्टोले ९९ बलमा १ सय ६ रन बनाए।
भारतविरुद्ध अघिल्लो खेलमा पनि बेयरस्टोले सतक पुरा गरेका थिए। रोयले ६० रन बनाए।
बेयरस्टोले दोस्रो विकेटका लागि जोए रुटसँग मिलेर ७१ रनको अर्को साझेदारी गरेका थिए। रुट २४ रनमा आउट भए। कप्तान इयोन मोर्गनले ४२ रन बनाए।
प्रभावशाली बलर लोकी फर्गुसन अन्तिम समय टिमबाट बाहिरिएको अवस्थामा अनुभवी टेन्ट बोल्ट, माट हेनरी र जेम्स निसमले २ २ विकेट लिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया