च्याम्पियन्स लिग: सिटीको सहज जित, शाख्तर डोनेक्सट पराजित

तस्बिरः एजेन्सी

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा शाख्तर डोनेक्सटलाई पराजित गरेको छ ।

बुधबार राति समूह ‘सी’ मा भएको खेलमा घरेलु टोली शाख्तरलाई सिटीले ३–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेज, इल्काय गन्डोगन र गाब्रियल जेसुसले गोल गरे ।

सिटीका लागि खेलको २४औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३८औं मिनेटमा गन्डोगनले गोल गरेपछि सिटी पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो ।

पहिलो हाफमा २–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा शाख्तरविरुद्ध थप एक गोल गर्यो । खेलको ७६औं मिनेटमा सिटीका लागि जेसुसले गोल गर्दै सिटीलाई ३० को जित दिलाए ।

यस्तै समूहको अर्को खेलमा डाएनामोले एटलान्टालाई ४-० गोलअन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति: : 2019-09-19 10:49:10

प्रतिकृया दिनुहोस्