
विकिलिक्स संस्थापक जुलियन असान्ज र उनलाई सूचना उपलब्ध गराउने अमेरिकी गुप्तचर अधिकृत चेलेसा म्यानिँग र एडवार्ड स्नोडेनको शालिक जर्मनीको बर्लिनमा प्रदर्शनीमा राखिएको छ ।
उनीहरू तीनैजनाको पूर्णकदको शालिक जर्मनी ग्रीन पार्टीको लागि इटालियन मूर्तिकार डाभिड डोर्मिनोले तयार पारेका हुन्।बर्लिनको अलेक्सान्दरप्लाजामा राखिएको शालिक लेखिएको छ- 'स्वतन्त्रताको निम्ति आवाज बन्द गरिएका हिरोहरु।'
कलाकार डेभिडले शालिक बनाएको अनुभव सुनाउँदै भने, 'यी तीनजना सत्य बोल्नबाट वन्चित गरिएका यो युगका हिरो हुन्। उनीहरुको आकृति बनाउनु सत्यको पक्षमा उभिनु हो भन्ने लागेर मूर्ति बनाएको हुँ।'
ग्रीन पार्टी जर्मनीका एक नेता भन्छन्, 'युद्ध अपराध गर्ने अपराधीहरुले सत्यको मुख छोप्न खोजेका छन्।तर, सत्य जसरी भएपनि बाहिर आउँछ।यी बहादुरहरुले सत्य खोल्ने हिम्मत गरेका छन्।उनीहरुप्रति हाम्रो सम्मान छ, रहिरहने।'
गत विहिबार लण्डनस्थित इक्वेडरको दूतावासबाट जबर्जस्ती बेलायती प्रहरीले गिरफ्तार गरेको थियो। उनलाई अमेरिकाका लागि पक्राउ गरिएको बेलायती प्रहरीले बताएको थियो। उनी सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिइरहेका थिए। इक्वेडरमा सत्ता परिवर्तन हुने बित्तिकै त्यहाँको सरकारले उनको शरणार्थीको मान्यता रद्द गरिदिएर गिरफ्तारीका लागि मार्गप्रशस्त गरिदिएको थियो।
अमेरिकाले उनलाई तुरून्तै सुपर्दगी गर्न बेलायत सरकारमाथि दबाब बढाइरहेको छ। यो सँगै उनको सुरक्षालाई लिएर चिन्ता बढेकोछ ।
अष्ट्रेलियन पत्रकार जुलियन असान्जमाथि स्वीडेनमा युवतीमाथि लगाइएको बलात्कार मुद्दा खारेज भैसकेको छ।तर, इराक र अफगानिस्तान युद्धका सयौँ गोप्य फाइल सार्वजानिक गरिदिएको अपराधमा अमेरिका उनलाई सजाय दिन चाहन्छ। तर, असान्जले स्विडेनले अमेरिका सुपुर्दगी गर्न आफूमाथि गलत आरोप लगाएको बताउँदै आएका छन्।
असान्जलाई सूचना उपलब्ध गराउने आरोपित अमेरिकी गुप्तचर अधिकृत चेल्सी म्यानिँग ३५ वर्षको जेल सजाय भोगिरहेकी छिन्। अर्का अधिकृत स्नोडेन भने रुसमा शरण लिएर बसिरहेका छन् ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया