टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानूनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधवार जानकारी दिएको छ।
टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा अवैध आप्रवासीहरू बोकेको एउटा डुङ्गा दुर्घटना भएको थियो । तटीय सुरक्षाकर्मीहरुले चालीस जना गैरकानुनी आप्रवासीहरूलाई बचाएको बताएको छ।
उद्धार अभियान सुरु हुनुअघि समुद्रमा आप्रवासीहरूले भरिएको सानो डुङ्गा देखिएको मन्त्रालयले जारी गरेको फोटोमा देखाइएको थियो।
एजियन सागर हुँदै युरोप जाने प्रवासीहरूको लागिका लागि टर्की मुख्य मार्ग भएको छ। सन् २०१६ को मार्चमा टर्की र युरोपियन युनियन बीच हस्ताक्षर गरिएको सम्झौताले अवैध आप्रवासको प्रवाहलाई रोक्ने भनिएको थियो।
यस वर्षदेखि अहिलेसम्म कूल ५४ हजार ३८७ जनाले टर्की हुँदै ग्रीस पुग्ने कोशिश गरेका छन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया