अष्ट्रेलियामा हराएकी युवतीको शव सुटकेशमा फेला

सिएनएन

सिड्नीमा हराइरहेकी एक महिला डेन्टिस्टको शव सुटकेशमा फेला परेको छ।

गत आइतबारदेखि हराइरहेकी ३२ वर्षिय प्रिथी रेड्डी नामको शव अष्ट्रेलियाको प्रहरीले सुटकेशमा फेला पारेको सिएनएन हो।

दाँत सम्बन्धी विषयमा आयोजित एक सम्मेलनमा भाग लिन सिड्नीको सेन्ट लियोनार्डस्मा गएकी उनी त्यहाँबाट सम्पर्कबिहिन थिइन्।

घर नआएपछि परिवारले उनको खोजी गरेको थियो। उनी आइतबार सीसीटिभीमा रातको २:१५ बजे म्याक डोनाल्ड भित्र एक्लै बसेको देखिएको थियो।

मंगलबार प्रहरीले उनको कार किन्सफोर्डमा पार्क गरिएको अवस्थामा भेटेको थियो। सवारी साधनमा खोज्दा त्यहाँ सुटकेशमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको शवको धेरै स्थानमा धारिलो हतियारको चोट देखिएको छ। अनुसन्धानबाट प्रिथी मार्केट स्ट्रिटको एउटा होटलमा उनले चिनेका एक पुरुषसँग बसेकी थिइन्।

पहिचान हुन नसकेका ती पुरुषको कार दुर्घटनामा परि सोमबार राति नै निधन भएको छ। सो दुर्घटना नियोजित हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटना प्रिथीको हत्यासँग कुनै न कुनै हिसाबले सम्बन्धित हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान तिब्र बनाएको छ।

प्रकाशित मिति: : 2019-03-06 21:23:05

प्रतिकृया दिनुहोस्