शनिबार, १६ अगस्ट २०२५

परिवारका सदस्य जोखिममा भनेर अमेरिकामा शरणार्थी हुन नपाइने : नेपाली पनि प्रभावित

News Image
आप्रवासीलाई अर्को अमेरिकी तगारो :  परिवारका सदस्य जोखिममा रहेको आधारमा अमेरिकामा शरणार्थी हुन नपाइने । तस्बिर : ब्रेक एन लिंक्स- एजेन्सीका साथमा ।
• • •

अमेरिकामा परिवारका सदस्यलाई जोखिम रहेको आधारमा शरणार्थी हुन नपाइने भएको छ । महान्यायाधिवक्ता विलियम बरले परिवारका सदस्यलाई आएको धम्कीका आधारमा परिवारका अन्य सदस्यले एसाइलम दावी गर्न नपाउने फैसला गरिदिए पछि यो नया परिस्थिति सिर्जना भएको हो । 

महान्यायाधिवक्ता बरले बुबाले लागुऔषधका कारोबारीलाई आफ्नो स्टोर प्रयोग गर्न नदिएका कारण धम्कीको सामना गर्नुपरेको भन्दै छोराले दिएको एसाइलम आवेदन अस्वीकार गरेका हुन् ।बोर्ड अफ इमिग्रेशन अपिलको निर्णयलाई उल्टाउँदै उनले यस्तो फैसला गरेका हुन् । 

यो फैसलाले विगतमा परिवारका कुनै सदस्यका कारण धम्की वा जोखिमको सामना गर्नुपरेमा पनि अमेरिकामा एसाइलम गर्न पाइने प्रावधान खारेज भएको हो ।

यो निर्णय खासगरी दक्षिणी सिमानाबाट अमेरिका प्रवेश गर्ने दक्षिण अमेरिकी आप्रवासीप्रति लक्षित रहेको अनुमान गरिएको छ । त्यहाँबाट काराभान भएर आउने अधिकांश आप्रवासीको मुद्दा त्यहाँका लागूऔषध तस्करबाट परिवारका सदस्य जोखिममा रहेको आधारमा अघि बढाइएको हुन्छ । 

महान्यायाधिवक्ता बरको यो फैसलाले अमेरिकामा असाइलमको मुद्दा चलिरहेका धेरै नेपालीको मुद्दा प्रभावित हुन सक्ने अनुमान गरिएको छ । न्युयोर्कका एक नेपाली कानून व्यवसायीले नपालमा परिवाका सदस्यलाई जोखिम भएको भनेर पनि केही असाइलमका मुद्दा चलाइएको बताउँदै यसबाट कति संख्यामा मुद्दा प्रभावित हुने हो ?, त्यो भने बताउन नसकिने बताए ।

बुधबार, श्रावण १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)