भूकम्पबाट प्रभावित ११ साँस्कृतिक सम्पदाको डिजाइनमा भारतले सघाउने (भिडियोसहित)

तस्बिर: बिएल

नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ।

भारतीय राजदूतावासले इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो। उक्त सेवा सम्बन्धी सम्झौतापत्रमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख डा. अजय कुमार तथा इन्टाचका सदस्य सचिव डा. सी‍ टी मिश्राले हस्ताक्षर गरे।

कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बताए। नेपालको बिकासमा भारतको सदैव सकारात्मक सहयोग हुने उनले बताए।

साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुसार नेपाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर उक्त संस्थाले काम गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2019-12-12 17:35:09

प्रतिकृया दिनुहोस्