टोखा–छहरे सुरुङमार्गको अध्ययन गर्न चिनियाँ टोली टोखामा, काठमाडौ देखि चिनको सिमा जोड्ने सबैभन्दा छोटो दूरी

काठमाडौ। बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौ आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो । त्यसबेला चिनियाँ राष्ट्रपति सीले यस सुरुङमार्ग निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौंको उत्तरी भेग टोखा पुगेको हो ।

प्रकाशित मिति: : 2019-12-28 20:27:22

प्रतिकृया दिनुहोस्