ब्राजिलियन गोलकिपर एलिसन उत्कृष्ट खेलाडी घोषित

 ब्राजिलका गोलकिपर एलिसनले युरोपबाट खेल्ने उत्कृष्ट खेलाडी घोषित भएका छन्।

एलिसनले २०१९ को साम्बा गोल्ड अवार्ड जितेका हुन्। सन् २०१९ मा कोपा अमेरिका र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका उनले फाइनल भोटिङमा ३५.५४ प्रतिशत भोट पाउँदै उक्त अवार्ड जितेको लिभरपुलको आधिकारिक वेबसाइटले जनाएको छ।

एलिसन प्रियिमर लिगको पछिल्लो खेलमा सेफिल्ड युनाईटेडविरुद्वको खेलमा मैदान फर्किएका थिए। सो खेल लिभरपुलले एनफिल्डमा २–० को जितेको थियो।

यस्तै २७ बर्षे एलिसनले प्रियिमर लिग क्लबमा लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए।  

उनले २१ क्लिन चिट हात पार्दै गोल्डेन ग्लोब्सको अवार्ड जितेका थिए। गत सिजन प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले हात पारेको थियो। एक अंकले उनको टिम लिग उपविजेता भएको थियो। 

समर्थक, खेल पत्रकार र पूर्वखेलाडीको भोटका आधारमा पाइने साम्बा गोल्ड अवार्डका लागि लिभरपुलकै रोबर्टो फिर्मिनो पनि प्रतिस्पर्धामा थिए। तर, फिर्मिनो दोस्रो स्थानमा नै सीमित बन्न पुगे। यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार थियागो सिल्भा तेस्रो हुँदा, फाबिन्हो चौथो भए।

प्रकाशित मिति: : 2020-01-03 20:34:30

प्रतिकृया दिनुहोस्