मङ्गलबार, ०५ अगस्ट २०२५

प्लास्टिक प्रयोग रोक्न लागिपरेका महिलाहरुलाई कम्बल वितरण

News Image
• • •

बढ्दो प्लास्टिक प्रयोग रोक्न कागजको थुँगा बनाउदै गरेका वीरगञ्ज ईनवाका महिलाहरुलाई कम्बल वितरण गरिएको छ। वीरगञ्ज महानगरपालिका भन्सार नजिकैको गाउँ इनर्वा १६ मा बसोबास गर्ने २० घर धुरीका गृहणी महिलाहरुले गरिरहेका कार्यलाई प्रोत्साहन गर्दै स्थानिय व्यापारी राम सर्राफले कम्बल वितरण गरेका हुन्। 

प्लास्टिक झोलाको प्रयोगमा नियन्त्रण गर्न सुरुवात गरेको कार्यको प्रसंसा गर्दै अन्य महिलाहरुको पनि हौसला बढोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको व्यापारी सर्राफले बताए। 'थुँगा बनाउने कार्य सानो देखिएपनि घरभित्र रहेका महिलाहरुलाई बाहिर निकालेर सिपमुलक कामको लागि प्रेरित गर्नु भएको छ।' उनले भने 'फोरजिआर संस्थाका महिलाहरुको काम निकै नै तारफ योग्य छ।'

आर्थिक अवस्थाले कमजोर महिलाहरुलाई कामको प्रसंसा गर्दै कम्बल दिएर सम्मानित गरेपछि त्यस आसपासका अन्य घरेलु महिलाहरु पनि आकर्षित हुने फोरजि आरकी अध्यक्ष नुतन सरावगीले बताईन्। 'गृहणी महिलाहरुले गरेको कार्यको अहिले वीरगञ्ज बजारका अन्य व्यापारीहरुले पनि प्रसंसा गर्न थालेका छन्।' उनले भनिन् 'उहाँहरुको हौसला बढाउन थुँगा खरीद गरी सहयोग पु¥याईरहनु भएको छ।'

कल्बल बितरण कार्यक्रममा संस्थाका अफसाना खातुन, मनिषा अग्रवाल , सिमा खण्डेलवाल सिमोना बेनर्जि लगायत दिलिपराज कार्किको उपस्थित रहेका थियो।

आइतबार, पौष २०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)