शुक्रबार, १५ अगस्ट २०२५

चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु

News Image
• • •

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।

आइतबार साँझ घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो।

बालकको शव घरभन्दा दुई–ेतीन सय मिटर तल बारीमा फेला परेको छ। 

चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ।
 

सोमबार, पौष २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!