बिएल संवाददाता
नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल १ हजार ८ सय ५ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ।
नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १ सय ४९ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवानमा १ हजार ७२ जनाका लागि दरखास्त आव्हान गरिएको हो।
प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागिमहानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै वटा प्रदेश प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ। यस्तै प्राविधिक प्रहरी जवान पदकालागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरीकार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले माघ ५ गतेदेखि फागुन ११ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्। उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत राखिएको छ।
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया