बिएल संवाददाता
बृहत अन्तराष्ट्रिय स्तरको बिल्डटे्क एक्स्पो शुक्रबारबाट भक्तपुरमा सुरु भएको छ ।
निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा एक्स्पो आयोजना गरिएको हो । भक्तपुरको सल्लाघारीमा करिब ७० हजार स्क्वायर फिटको क्षेत्रफलमा आयोजना गरिएको एक्स्पोको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे ।
उद्घाटन कार्यक्रममा पोखरेलले मुलुक निर्माणको साझा संकल्प पुरा गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । उनले निर्धारित समयमा नै आयोजना सम्पन्न हुन नसक्नु चिन्ताको बिषय बनेको भन्दै निर्माण व्यवसायी र सरकार मिलेर यस्ता समस्याको समाधान खोज्नुपर्ने बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै भएको र त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण भएको बताए।
महासंघको २१ औं राधारणसभाका अबसरमा आयोजित उक्त एक्स्पो माघ ३ गतेदेखि माघ ५ गतेसम्म चल्ने छ । तीन दिनसम्म चल्ने सो बिल्डटेक एक्स्पोमा करिब ५ हजार अबलोकनकर्ताहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजक महासघंले जनाएको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया