नाटक मात्रै हो त नेहा र आदित्यनारायणको विवाह ? यस्ताे छ वास्तविकता

नेपाली गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको विवाह तय भएको छ। आदित्य र युवा गायिका नेहा कक्कडबीच १४ फेब्रुअरी २०२० मा विवाह हुने तय भएको हो।

भारतको चर्चित रियालिटी शो इन्डियन आइडल–११ को कार्यक्रमको दौरान यसको जानकारी दुबै परिवारले दिएका हुन्। पछिल्लो आइडलको एउटा एपिसोडमा नेहा र आदित्यका आमाबुबा आएर उनीहरुको विवाह तय भएको घोषणा गरेका थिए।

आइतबार गेस्टको रूपमा उदित नारायण र उनको श्रीमति दीपा तथा गायिका अलका याग्निक समावेश थिए। आमालाई देखेर नेहा आश्चर्यमा परिन् भने आदित्य सेटमा खुशीले नाचेँका थिए। कार्यक्रममा आदित्यको परिवार मात्र होइन, नेहाको परिवार पनि पुगेका थिए। तर नेहा आफ्नो आमाबुवालाई कार्यक्रममा देखेर अचम्मित भएकी थिइन। उनलाई कार्यक्रममा आफ्नो परिवार आउन लागेको थाहा थिएन। 

आमालाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ? ’ उत्तर दिँदै आमाले भनिन्, ‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। मलाई यो केटा राम्रो लाग्छ।’ सोमा आदित्यकी आमा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’ 

यसपछि नेहाले आदित्यका आमाबुवासँग आर्शिवाद लिएकी थिइन्। आदित्यले पनि नेहाको आमाबुवासँग आर्शिवाद लिएका थिए। यसअघि पनि नेहा र आदित्यको सम्बन्धलाई लिएर चर्चा भइरहेको थियो। आदित्यले कार्यक्रमकै दौरान धेरै पल्ट नेहासँग विवाहको प्रस्ताव राखिसकेका थिए। नेहाका लागि उनले गीत पनि गाउने गरेका छन्। 

तर यो एक झलक साच्चै विवाह गर्ने घोषणा हो वा नाटक मात्रै हो त्यो भने खुलाइएको छैन।

प्रकाशित मिति: : 2020-01-18 21:34:38

प्रतिकृया दिनुहोस्