ट्विटरमा इडिट फिचर आउने संम्भावना समाप्त

ट्विटरमा इडिट फिचर आउने संम्भावना समाप्त

ट्विटर प्रयोगकर्ताहरूले लामो समयदेखि  मिस गरिरहेको एउटा महत्त्वपूर्ण फिचर हो सम्पादन।

ट्विटर एकपटक गरेको ट्विट सच्याउन, थपघट गर्न अर्थात् सम्पादन गर्न सकिँदैन। आफ्नो ट्विटमा गलत लेखिएको भएमा वा भाषा मन नपरेमा सच्याउन नसकिने भएको हुँदा डिलिट गर्नुमात्र अन्तिम विकल्प हुन्छ। गत वर्ष ट्विटरका सीईओ ज्याक डोर्सी स्वयंले ट्विटरमा इडिट बटन छिट्टै नै उपलब्ध हुने बताएपछि ट्विटर प्रयोगकर्ताहरू इडिट बटनको व्यग्र प्रतीक्षा गरिरहेका थिए। 

तर ट्विटर प्रयोगकर्ताको त्यो आशामा निराशामा परिणत हुने देखिएको छ। 

माइक्रो ब्लगिङ साइटमा इडिट बटन थप्ने आफ्नो पूर्व योजनाबाट ट्विटर युटर्न भएको छ। एक वर्ष अघिको आफ्नै वाचा तोड्दै ट्वीटर सीईओ डोर्सीले ट्विटरमा सायद कहिल्यै पनि इडिट फिचर उपलब्ध नहुने प्रष्ट पारेका छन्।

डोर्सीले ट्विटरमा इडिट अप्सन थप गर्नुपर्ने कुनै आवश्यकता कम्पनीले महसुस नगरेको भन्दै यो फिचरका फाइदा र बेफाइदा दुवै रहेको बताए।

उनका अनुसार इडिट अप्सनको राम्रो पक्ष भनेकै अक्षरहरू टाइप गर्ने क्रममा हुने गल्ती अर्थात् टाइपोलाई सच्याउन सकिनु हो भने यसको खराब पक्ष भनेको मानिसहरू सोसल मिडियामा तथ्यहरूलाई सम्पादन गर्दै गलत जानकारी थप्ने र मानिसहरूलाई दिग्भ्रमित पार्नु हो।

प्रकाशित मिति: Jan 19, 2020 12:21:53

प्रतिक्रिया दिनुहोस