मन्दिरा अधिकारी
राजधानीको मुटु टुँडिखेलमा हरेक दिन कुनै न कुनै कार्यक्रम भइरहन्छ। वर्षमा कम्तिमा पनि २० भन्दा धेरै ठूला कार्यक्रमनै हुन्छन्। यस्ता कार्यक्रममा कम्तिमा १ हजारदेखि ३०-४० हजारसम्म सर्वसाधारण उपस्थित हुन्छन्।
कार्यक्रममा जति धेरै मानिस त्यति नै धेरै फोहोर जम्मा हुन्छ। सहभागीहरू खाएका खानेकुरा र प्लास्टिकले टुँडिखेल भरिन्छ। यसको सफाइ गर्ने विषयमा कसैको ध्यान पुगेको देखिदैन।
धनीको जिमखानादेखि लिएर गरिबको कमाउने ठाँउ बनेको टुँडिखेल यस्ता फोहोरले अस्तव्यस्त भइरहन्छ। पछिल्लो समय माघी मनाएको टुँडिखेलमा त्यसबाट निस्किएको फोहोरले स-साना केटा केटी खेल्ने देखि बुढा बुढीको घाम ताप्ने ठाउँ टुडिखेल दुर्घन्धित भएको छ।
टुँडिखेलमा जताततै फालिएका फोहोरले खेल्न आउनेदेखि थकाइ मार्न आउनेलाईसमेत असर गरेको छ।
फोहोरलाई ब्यवस्थापन गर्न नसक्दा टुँडिखेल हरेक कार्यक्रम पश्चात् कुरूप बन्ने गरेको छ।
यो कहिलेसम्म र कसले नियमन गर्ने?
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया