मन्दिरा अधिकारी
राजधानीको मुटु टुँडिखेलमा हरेक दिन कुनै न कुनै कार्यक्रम भइरहन्छ। वर्षमा कम्तिमा पनि २० भन्दा धेरै ठूला कार्यक्रमनै हुन्छन्। यस्ता कार्यक्रममा कम्तिमा १ हजारदेखि ३०-४० हजारसम्म सर्वसाधारण उपस्थित हुन्छन्।
कार्यक्रममा जति धेरै मानिस त्यति नै धेरै फोहोर जम्मा हुन्छ। सहभागीहरू खाएका खानेकुरा र प्लास्टिकले टुँडिखेल भरिन्छ। यसको सफाइ गर्ने विषयमा कसैको ध्यान पुगेको देखिदैन।
धनीको जिमखानादेखि लिएर गरिबको कमाउने ठाँउ बनेको टुँडिखेल यस्ता फोहोरले अस्तव्यस्त भइरहन्छ। पछिल्लो समय माघी मनाएको टुँडिखेलमा त्यसबाट निस्किएको फोहोरले स-साना केटा केटी खेल्ने देखि बुढा बुढीको घाम ताप्ने ठाउँ टुडिखेल दुर्घन्धित भएको छ।
टुँडिखेलमा जताततै फालिएका फोहोरले खेल्न आउनेदेखि थकाइ मार्न आउनेलाईसमेत असर गरेको छ।
फोहोरलाई ब्यवस्थापन गर्न नसक्दा टुँडिखेल हरेक कार्यक्रम पश्चात् कुरूप बन्ने गरेको छ।
यो कहिलेसम्म र कसले नियमन गर्ने?
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया