बिएल संवाददाता
उपसभामुख शिवमाया तुम्वाहाङफेले दलहरुलाई आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिएकी छन्। उनले आफूले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक कर्तव्य पूरा गरेको भन्दै दलहरुलाई सांकेतिक रुपमा आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिएकी हुन्।
सोमबार प्रतिनिधि सभा बैठकमा राजीनामा घोषणा गर्दै तुम्वाहाङफेले हरेक राजनीतिक घटनाहरुको जनताले सुक्ष्म मूल्याङ्कन गर्ने भन्दै हरेक निर्णयहरु इतिहासको कसीमा मूल्यांकन हुने बताइन्। 'तर कसैले पनि आफ्ना जराहरु बिर्सनुहुदैन। धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा म पनि सचेत छु।'
उपसभामुख स्वतन्त्र पद हुने भए पनि त्यसको जरा आफूले बिर्सन नहुने उल्लेख गर्दै उनले आफूले मार्गप्रसस्त गरेको बताइन्।
'विभिन्न पक्षहरूबीचमा यस अन्यौललाई निकास दिन चलिरहेको छलफललाइ मैले सुक्ष्म अध्ययन गरिरहेकी छु। यसै अनुसार मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु', १३ बुँदे सम्बोधनका क्रममा उनले भनेकी छन्। उनले निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सवै पक्षले ध्यान पुर्याउनुपर्ने बताइन्।


बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया