बिएल संवाददाता
उपसभामुख शिवमाया तुम्वाहाङफेले दलहरुलाई आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिएकी छन्। उनले आफूले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक कर्तव्य पूरा गरेको भन्दै दलहरुलाई सांकेतिक रुपमा आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिएकी हुन्।
सोमबार प्रतिनिधि सभा बैठकमा राजीनामा घोषणा गर्दै तुम्वाहाङफेले हरेक राजनीतिक घटनाहरुको जनताले सुक्ष्म मूल्याङ्कन गर्ने भन्दै हरेक निर्णयहरु इतिहासको कसीमा मूल्यांकन हुने बताइन्। 'तर कसैले पनि आफ्ना जराहरु बिर्सनुहुदैन। धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा म पनि सचेत छु।'
उपसभामुख स्वतन्त्र पद हुने भए पनि त्यसको जरा आफूले बिर्सन नहुने उल्लेख गर्दै उनले आफूले मार्गप्रसस्त गरेको बताइन्।
'विभिन्न पक्षहरूबीचमा यस अन्यौललाई निकास दिन चलिरहेको छलफललाइ मैले सुक्ष्म अध्ययन गरिरहेकी छु। यसै अनुसार मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु', १३ बुँदे सम्बोधनका क्रममा उनले भनेकी छन्। उनले निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सवै पक्षले ध्यान पुर्याउनुपर्ने बताइन्।


अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया