मङ्गलबार, ०५ अगस्ट २०२५

अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ले १० दिनमा कमायाे २२० करोड

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ले बक्स अफिसमा शानदार कमाई गरेको छ। गत जनवरी १२ मा रिलीज भएको फिल्मले १० दिनमा २२० करोड कलेक्शन गरेको हो। 

फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो। यो कुल कमाई विश्वभरीको कलेक्शन हो। पहिलो दिन महेश बाबुको फिल्म ‘सरिलेरु निक्केवारु’ रिलीज भएको थियो। जसले बक्सअफिसमा १० दिनमा २०० करोड कमाई गरेको छ।

फिल्मको सफलतापछि अल्लुले आफ्ना दर्शकहरुलाई धन्यवाद दिँदै ट्विटर गरेका छन्। उनले लेखेका छन्, ‘यो अनुहारमा आएको खुशी निकै सुन्दर छ। यो खुशी मनैभित्रबाट महसुस गरिरहेको छु। हामीलाई खुशी त्यतिबेला मिल्छ जतिबेला दिलभित्रबाट माया पाउँछौँ। तपाईंको माया र आशिर्वादको लागि धन्यवाद।
 

शनिबार, माघ ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!