रामकुमार परियार
झट्ट हेर्दा सामान्य जस्तो लाग्ने साइकल, अगाडि विश्वसाइकल भ्रमण लेखिएको ब्यानर, त्यसको दुई छेउमा भिजिट नेपाल २०२० को लोगो अनि माथितिर नेपालको राष्ट्रिय झण्डा।
शुक्रबार मध्याह्न अबुधाबी स्थित नेपाली राजदूतावास पुग्दा प्राङ्गणमा यस्तै दृष्य देखियो ।
बुलबुल पब्लिकेसनले प्रकाशन गरेको एक पुस्तकको विमोचन समारोहमा सहभागी हुन कार्यक्रम स्थल (नेपाली दूतावास) पुग्ने अधिकांश नेपालीहरुको नजर उक्त साइकल को दृष्यले खिचेको थियो। करिब साढे एक बजेतिर हामीले पनि दूतावास भित्र पदार्पण गर्यौंं।
मसँग थिए साहित्यकार मित्र चन्द्र सम्बाहाम्फे। दूतावासको मुख्य प्रवेशद्वार नाघे लगत्तै मेरो नजर प्राङ्गणमै सजिएको उक्त साइकलले तान्यो।
हामी साइकल नजिकै गयौं, मैले झोलाबाट क्यामेरा निकालेर केही 'स्न्याप' तस्वीर कैद गर्न भ्याईहालेँ। एकै छिनमा पछाडीबाट ३०र३५ वर्षको जस्तो देखीने दौरासुरुवाल र भादगाउँले ढाका टोपिमा सजिएका नेपाली युवक मुस्कुराउँदै हाम्रो छेउमा आए। मलाई उक्त साइकल उनकै हो भनेर ठम्याउन कत्तिपनी गाह्रो भएन। हात मिलाएर परिचय आदानप्रदान गरियो।
उनी रहेछन कर्ण श्रेष्ठ, घर दिक्तेल । खोटाङ सदरमुकाम दिक्तेलमा व्यवसाय गर्दै आएका श्रेष्ठ विश्व शान्तिको सन्देश फैलाउन साइकल यात्रामा निस्किएका रहेछन्। भ्रष्टाचारविरुद्ध सन्देश फैलाउँदै नेपालका ७७ वटै जिल्लाको भ्रमण सकिसकेपछि उनले विश्व भ्रमणको लागि कम्मर कसेको बताए ।
साइकल चलाएरै विश्व भ्रमण गर्ने लक्ष्य लिएका श्रेष्ठको पहिलो अन्तराष्ट्रिय गन्तव्य हो युएई। केही दिन अघि मात्रै युएई छिरेका श्रेष्ठले आफुलाई अबुधाबीको 'नेपाली चुलो रेष्टुरेन्ट' ले यहाँको बसाइँमा सहयोग गरेको बताए।
आफ्नो ब्यानरमा भिजिट नेपाल २०२० को लोगो नै राखेर प्रचारप्रसार गरेको भएपनी सरकारी पक्षबाट कुनै सहयोग प्राप्त नभएको उनले बताए। आफुले चलाउने साइकल देखि बन्दोबस्तीका संपुर्ण सामाग्री आफ्नै खर्चमा जुटाएको उनी बताउँछन्।
दुई वर्ष भित्रमा विश्वका महत्त्वपूर्ण देशहरुको भ्रमण गरिसक्ने उनको लक्ष्य रहेको छ। भ्रमणका दौरान नेपालको पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै विदेशीलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने उनको भनाई छ।
युएई भ्रमण सकाएर उनी आगामी सोमबार ओमन प्रस्थान गर्दैछन्। त्यसपछि साउदी, बहराईन हुँदै कुवेत जाने उनले बताए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया