बिहिबार, २१ अगस्ट २०२५

संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्छु: सभामुख सापकोटा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफूले संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन्। 

सभामुख निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताए।

लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागि रहने उहाको भनाई थियो। 

सभामुखले के गर्ने के नगर्ने भन्नेबारेमा संविधानमा नै व्यवस्था रहेको उल्लेख गर्दै उनले जनताका पक्षमा सबै राजनीतिक दललाई समेटेर अघि बढाउन सभामूखको भूमिकामा आफूले सक्दो प्रयास गर्ने बताए। आफ्नो कार्यकालमा संसदको गरिमा अझै बढाउने र प्रक्रियागत ढंगबाट संसद चल्ने वातावरण बनाउने उनले बताए। 

सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन्। 

मंगलबार, माघ १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)