नेपाल भ्रमण वर्षसामु 'कोरोना फ्याक्टर'को अजङ्गको पहाड

संजोग आचार्य

न्युयोर्क, अमेरिका

नेपाल भ्रमण वर्ष २०२० का सामु कोरोना फ्याक्टर अजङ्गको पहाड भएर उभिएको छ। चिनियाँ पर्यटककै आशामा सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ सुरू भएको नेपाल भ्रमण वर्ष २०२० लाई यो चुनौतिको पहाड सम्याएर अवसरको मैदान बनाउन सहज छैन। कोरोना फ्याक्टरअघि नेपालका पर्यटकीयस्थलमा हुलका हुल देखिने चिनियाँ पर्यटक अहिले सिलोसाङ्लो खोज्नुपर्ने अवस्थाले त्यही कुराको संकेत गर्छ। 

विश्वव्यापि रूपमा स्वास्थ्य आपतकाल नै घोषणा गराउने गरी फैलिएको कोरोना भाइरसको प्रभाव नेपाल भ्रमण बर्ष २०२० मा पर्ने देखिएको छ । विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्र चिनिँया पर्यटकमा निर्भर रहदै आएको थियो। नेपाल आउने चिनिँया पर्यटकको संख्या बृद्धि हुन थालेपछि पछिल्लो चरणमा नेपालका क्यासिनो, होटललगायत क्षेत्रले चिनिँया पर्यटनकलाई आकर्षित गर्ने गरी लगानी बढाउदै आएका थिए। तर, कोरोना भाइरसको प्रकोपपछि यो बर्ष नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घट्ने भएको छ। अहिले चिनिँया पर्यटकले होटल बुकिङ रद्द गरी भ्रमण स्थगित गर्न थालेपछि पर्यटन व्यवसायीमा निराशा छाएको छ।

भ्रमण बर्षमा करिब २० लाख पर्यटक नेपाल भित्राउने आकलन गरिएपनि छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि त्यो आकडा पूरा नहुने देखिएको छ। कतिपय एयरलाइन्सले कोरोना भाइरसका कारण चीनबाट उडान समेत रद्द गरेका छन्। त्यसमाथि पनि यतिबेला चिनिँया पर्यटक विशेष निगरानीमा छन्।

चीनले नयाँ बर्ष मनाइरहेको यतिबेला कोरोना फ्याक्टर सिर्जना नभएको भए यतिबेला लाखौ संख्यामा चिनिया पर्यटक नेपालमा हुन्थे।तर, अहिले त्यसको ठीक फरक स्थिति सिर्जना भएको छ ।  एकातिर चिनिया पर्यटक त आएका छैनन् नै, अर्कोतिर धेरै चिनिया पर्यटक नेपाल भ्रमण गर्ने सन्देश विश्वभर गएकाले उनीहरूका कारण अन्य देशका पर्यटक पनि नेपालमा पातलिदै गएका छन्। 

कोरोना फ्याक्टरले नेपालको पर्यटन क्षेत्र भने नराम्ररी ओरालो लाग्ने देखिएको छ। चिनिँया पर्यटकलाई लक्षित गर्दै ब्यबसायी सञ्चालन  गर्दै आएका नेपालका पर्यटन व्यवसायीले चीनको नयाँ बर्षलाई लक्षित गरी सजाबटलगायत क्षेत्रमा लगानी बढाएका थिए। तर अब त्यो लागनी डुब्ने अवस्थामा पुगेको छ।

एक तथ्याकं अनुसार नेपालमा पछिल्लो आठ महिनामा करिब ७ लाख ८२ हजार पर्यटक नेपाल घुम्न आएका थिए। त्यसमा एक लाख दश हजार चिनिँया पर्यटक थिए।

पछिल्लो चरणको तथ्याकं अनुसार नेपाल घुम्न आउने चिनिँया पर्यटकको संख्यामा करिब दश प्रतिशतले बृृद्धि भएको छ। चिनिँया राष्ट्रपतिको आगमन र चीनका प्रख्यात कलाकारलाई पर्यटनदूत बनाएपछि उनीहरुले गरेको भ्रमण बर्षको प्रचारको कारण यो बर्ष चीनका पर्यटकको संख्यामा अझ सुधार आउने अपेक्षा गरिएको थियो। तर, अब त्यो अपेक्षा पूरा नहुने अवस्था सिर्जना भएको छ।

एक तथ्याकं अनुसार नेपालमा पछिल्लो आठ महिनामा करिब ७ लाख ८२ हजार पर्यटक नेपाल घुम्न आएका थिए। त्यसमा एक लाख दश हजार चिनिँया पर्यटक थिए। ठूलो संख्यामा नेपाल आएका चिनिया पर्यटकले काठमाडौंका ठमेल, पोखरा, लुम्बिनी सौराहालगायत पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे। तर, अहिलेको अवस्था त्योभन्दा बिल्कुल फरक देखिएको छ।

नेपाल भ्रमण बर्ष २०२० मा निजी क्षेत्रको मात्र हैन, सरकारले पनि अर्वौको लगानी गरेको छ। त्यो लगानी कसरी उठाउने ? अहिलेको ज्यूँदोजाग्दो प्रश्नै यही भएको छ ।

कोरोना फ्याक्टको प्रभाव अरू बढ्यो भने नेपालका धेरै पर्यटन व्यवसायी फुटपाथमा पुग्ने सम्भावना बलियो हुँदै गएको छ। यसतर्फ पनि सरकारले ध्यान दिने कि ?

प्रकाशित मिति: : 2020-02-02 19:32:57

प्रतिकृया दिनुहोस्