बिहिबार, १४ अगस्ट २०२५

ए डिभिजन लिग: जाउलाखेलद्वारा ब्रिगेड ब्वाइज पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जाउलाखेलले ब्रिगेड ब्वाइजलाई १–० ले पराजित गरेको हो।

जाउलाखेलका लागि एक मात्रै गोल सुजित बुढाथोकीले गरेका थिए।

जीतपछि १० खेलबाट १५ अंक जोड्दै जाउलाखेल सातौं स्थानमा उक्लेको छ।

संकटा र एनआरटीसँग अंक बराबरी गरे पनि जाउलाखेल गोल अन्तरमा पछि छ।

संकटाले १० खेल खेलेको छ भने एनआरटीले एक खेल कम खेलेको छ।

उता १० खेलबाट ८ अंक मात्र रहेको ब्रिगेड ११ औं स्थानमा छ।

जाउलाखेलसँग हारेकाे ब्रिगेडलाई रेलिगेसनको दबाब बढेको छ।
 

मंगलबार, माघ २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)