बिहिबार, १४ अगस्ट २०२५

ला लिगा : ग्रानडालाई पराजित गर्दै एट्लेटिको मड्रिड उक्लियाे चाैथाे स्थानमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ। 

मड्रिडमा आइतबार बिहान भएको खेलमा एटेलेटिकोले ग्रानाडालाई १–० ले हराएर चौथो स्थानमा उक्लिएको हो।

एट्लेटिकोको जितमा एन्जल कोरियाले निर्णायक गोल गरे। खेलको छैटौं मिनेटमा नै कोरियाले कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। 

खेलमा अधिकांश बल पोसेसन आफ्नो पक्षमा राखेपनि ग्रानाडाले गोल भने गर्न सकेन। अघिल्लो सिजनको तुलनामा कमजोर देखिएको एट्लेटिको मड्रिडले यो सिजन सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन।

जितसँगै एट्लेटिकोले ३९ अंक बनाएको छ। ग्रानाडा भने ३० अंकसहित दशौं स्थानमा छ। 

आइतबार, माघ २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)