भिटेन उस्तै, फेरि गीतमा भन्न थाले– ‘मु‘’ss, ss‘‘न्डी’

बिएल संवाददाता

काठमाडाै‌ं

अश्लील गीत गाएको आरोपमा केही समयअगाडि पक्राउ परेर छुटेका र्‍यापर समिर घिसिङ ‘भिटेन’को सार्वजनिक नयाँ गीत युट्युब ट्रेन्डिङको नम्बर ८ औं स्थानमा पर्न सफल भएको छ। 

भिटेनको ‘सुपरस्टार’ एल्बममा रहेको ‘यात्रा’ बोलको गीतको म्युजिक भिडियो गत प्रणय दिवसका दिन रिलिज गरिएको हो। यस गीतले १ लाख ८० हजार भन्दा बढी भ्यूज पाएको छ।

अश्लील गीतहरु गाएको र नेपाल प्रहरीको बदनाम गरेको आरोपमा भिटेनलाई गत कात्तिक ७ गते पक्राउ गरिएको थियो। ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रयोग गरिएका शब्द आपत्तिजनक रहेको र भिडियोमा प्रहरीको बर्दी दुरुपयोग गरेको आरोप उनीमाथि थियो। उनी तीन दिन हिरासतमा बसेर छुटेका थिए।

प्रहरीले भिटेनमाथि मूलतः तीनवटा आरोप लगाएको थियाे — गीतमा अश्लील शब्द प्रयोग गरेको, सार्वजनिक ठाउँमा अभद्र व्यवहार देखाएको र अनुमतिविना प्रहरी युनिफर्म दुरुपयोग गरेको।

तर, भिटेनलाई अझै सुध्रिएका छैनन्। हालै युट्यूवमा सार्वजनिक भएको उनको नयाँ गीतमा पनि अश्लील र छाडा शब्दहरु अधिक प्रयोग गरेका छन्। 

रिहाइपछि सार्वजनिक गरेकाे पहिलो गीत उनले आफ्नो विगतको ‘संघर्ष’ लाई वर्णन गरेका छन्। गीतभित्र ‘मु‘’ss, ss‘‘न्डी’, ‘मा‘ssने’, पटक–पटक प्रयोग गरेका छन्। गीतको भिडियोमा उनका कन्सर्टहरुको दृष्य प्रयोग गरिएको छ।

र्‍याप संगीतमा आफ्नो अलग छाप छोड्न सफल भिटेनका कतिपय गीत करोडभन्दा बढी हेरिएको रेकर्ड छ। एक वर्षअघि रिलिज ‘सिमसिमे पानीमा’ गीत ३० लाखचोटि हेरिएको छ। नौ महिनाअघि रिलिज ‘साइको’ गीत ८० लाखपटक हेरिएको छ।

वर्षदिनअघिको ‘हालखबर’ गीत १ करोड १० लाख, दुई वर्षअघिको ‘मान्छे खत्तम’ १ करोड २० लाख र ‘नेपाली तारा’ धर्मेन्द्र सेवनसँग मिलेर गाएको ‘कथा’ १ करोड १० लाखभन्दा बढी ‘भ्यूज’ पाउन सफल छ। उनको युट्युब च्यानल पछ्याउने दर्शक नै ६ लाख ७२ हजार छन्।

प्रकाशित मिति: : 2020-02-23 03:40:07

प्रतिकृया दिनुहोस्