बिएल संवाददाता
सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो 'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको चौथो शृंखलामा हामीले एपेक्स कलेजलाई प्रस्तुत गरेका छौ।
ब्राण्ड स्टोरी-४
सन् २००० मा ४-५ फरक क्षेत्रका व्यक्ति मिलेर सुरू गरेको शिक्षालय हो, एपेक्स कलेज। मूलतः व्यवस्थापन विषयको पढाइ हुने यो कलेज इन्जिनियरिङ, सीए, व्यवस्थापन, समाजशास्त्रलगायत विभिन्न पृष्ठभूमिका साथी मिलेर सुरू गरिएको हो, कलेजकी निर्देशक दुर्गा रिजाल भन्नहुन्छ।
दुईवटा कार्यक्रममा १०३ जना विद्यार्थी लिएर सुरू गरेको कलेजले प्रगितको उची छलाङ मार्दै हाल बीसीआईएस, बीबीएईन बैकिङ ईन्सुरेन्स, विविए ईन ट्राभल एण्ड टुरिजम कार्यक्रम सफलतापूर्वक चलाएर उत्कृष्ट जनशक्ति उत्पादन गर्दै आएको छ।
विभिन्न उतार चढाव खेपेको कलेजले सञ्चालनको २० वर्षमै मुलुकलाई आवश्यक उच्च दक्षजनशक्ति दिएको छ। सबैभन्दा ठूलो कुरा विद्यार्थी र अभिभावकको मन जितेको छ।
अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एपेक्स कलेजले व्यहोरेको उतारचढाव, संघर्ष र सफलताको सूत्रलाई हामीले बिएल ब्राण्ड स्टोरीमा समेटेका हौं ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया