कर्मचार्य ग्रुप, गुणस्तरमा सम्झौता कहिलै गर्दैन

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले ब्राण्डिङ शो सुरु गरेको छ । ‘ब्राण्ड स्टोरी’ नामक शोमा नेपाली ब्राण्डको समग्र जीवन कथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा केकस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन शो सुरू गरेका हौ। यसै क्रममा हामीले तेस्रो शृंखलाको रूपमा कर्माचार्य ग्रुपको ब्राण्ड स्टोरी राखेका छौ।


ब्राण्ड स्टोरी ३: 

नेपालमा नयाँ नयाँ खाद्यजन्य उद्योग धमाधम खुल्दैछन्। आम नागरिकको माग अनुसार नेपालमा उद्योग कलकारखानासँगै नयाँ नयाँ ब्रान्ड पनि भित्रिएका छन्।

नेपालमा करिब डेड दशकदेखि खाद्यान्नसहित विभिन्न सामान उत्पादन गर्दै आएको कर्माचार्य ग्रुपको पनि एक छुट्टै इतिहास छ।

कर्माचार्य ग्रुपका उत्पादनले पछिल्लो समय बजारमा राम्रो प्रभाव जमाउन थालेका छन्। जसमध्ये कर्माचार्य डाईजेस्टीभ बिस्कुट लोकप्रिय उत्पादन हो।

आजभन्दा करिब ६५ वर्ष अगाडि जगदिश्वर कर्माचार्यले सुरू गरेको विस्कुट व्यवसाय आज नाती पुस्ताले चलाइरहेका छन्।

विस्कुट बजारमा जस्तोसुकै उतार चढाव आए पनि गुणस्तमा कहिलै सम्झौता नगरी उपभोक्ताकै हितमा सोचेको भएर आज यो सफलता हात परेको र उपभोक्ताको मन जितिरहेको कर्माचार्य ग्रुपका निर्देशक बिक्रम कर्माचार्यले बताए।

नेपालभरी आफ्नो उप्तादन पुर्‍याएको डाइजेस्टिभ विस्कुटले चाडैनै अन्तर्राष्ट्रिय उपभोक्तालाईसमेत सेवा दिने लक्ष्य राखेको छ।

‘आजको दिनमा नेपालमा कर्मचार्यको विस्कुटको सफलतासँगै आगामी दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो विस्कुट पुर्‍याउने कोशिशमा रहेका छौ’, निर्देशक कर्मचार्यले भने,‘हामी अन्तर्राष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्न तयार छौ।’

विगत ६५ वर्षदेखि उपभोक्ताको विश्वास जितेको स्मरण गर्दै उनले आगामी दिनमा पनि यसले उपभोक्तालाई गुणस्तरीय उत्पादन दिने दाबी गरे।

नेपाली बजारमा अहिले धेरै उत्पादन बढेका छन्। नयाँ नयाँ उद्योगले विभिन्न बस्तुहरू दैनिकजसो बजारमा ल्याउँदै छन्। यस्तो बेलामा पनि थपिएको चुनौतीको सामना गर्न  कर्माचार्य विस्कुट तयार रहेको बिक्रमको भनाई छ।

कर्मचार्य ग्रुप हिजो अस्ती खुलेको कम्पनी होइन। यो कम्पनीको एक छुट्टै इतिहास छ। यसका प्रोडक्टलाई आम उपभोक्ताले रूचाउँदै आएका छन्।

कर्मचार्य ग्रुपको उत्पादन कसरी भयो, बजारको स्थिति के छ? अनि कस्तो छ अहिलेको अवस्था, भावी रणनीति र चुनौतिका विषयमा बिएल नेपाली सेवाको ब्राण्ड स्टोरीमा प्रस्तूत छ- कर्माचार्य ग्रुपको ब्राण्ड स्टोरी।

ब्राण्ड स्टोरी: २  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

ब्राण्ड स्टोरीः १ ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास

प्रकाशित मिति: : 2020-02-18 21:09:00

प्रतिकृया दिनुहोस्