कालिका न्याैपाने
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोभिड–१९ अर्थात कोरोना भाइरस अन्तिम गम्भीर अवस्थामा रहेको घोषणा गरेका छन्।
कोरियामा कोरोना भाइरसका कारण आइतबारसम्म ५ जनाको निधन भइसकेको छ। हाल ६ सय २ जना संक्रमणको शिकार भएको र १२ सय ७६ जनामा संक्रमणको आशंका गरिएको छ। हाल ८ हजार ५७ जनाको चेकजाँच भइरहेको पनि स्थानीय निकायले बताएको छ।
याे पनि: दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर, नेपाली कामदार अन्यौलमा
कोरियाली विपक्षी दलले शनिबार नै सत्तारुढ पार्टीलाई आपतकालीन अवस्था घोषणा गर्न दबाब दिएका थिए।
अब कोरियाली सरकारले कोभिड–१९ लाई प्रमुख प्राथमिकतामा राख्ने छ भने राज्यको सबै निकाय कोरोना भाइरसविरूद्धको अभियानमा सक्रिय हुनेछन्।
सिओलस्थित क्वाङउन विश्वविधालयका प्राध्यापक डा. भानु श्रेष्ठका अनुसार निम्न तथा माध्यमिक विधालय एक साताका लागि बन्द गरिएको छ भने विश्वविद्यालय २ साताका लागि बन्द गर्ने निर्णय भएको छ।
कलेजहरुले अनलाइनबाटै अध्ययन गर्न सुझाव दिएका छन्। ‘कलेजमा पढ्न आउने भन्दा पनि छुट्टी लिएको खण्डमा गर्मीको छुट्टीमा त्यसको सोधभर्ना गर्ने भनिएको छ,’ डा. श्रेष्ठले बिएल नेपाली सेवासँग भने।
याे पनि: दक्षिण कोरियामा ‘मास्क सर्टेज’, नेपाली कामदार अन्यौलमा, आपतकाल घोषणा गर्ने तयारी
हाल कोरियामा ७० हजारको हाराहारीमा चिनियाँ विधार्थी अध्ययनरत छन्। ५० प्रतिशत कोरियामै रहेपनि नयाँ सेमिस्टरका लागि आउँदो साता उनीहरू कोरिया फर्किने कुराले विश्वविद्यालयहरूलाई चिन्तित बनाएको छ।
‘विश्वविधालयले छुट्टै ठाउँमा कोरेन्टाइन बनाएको छ। दुई साता उनीहरूलाई त्यहाँ राखेर मात्र बाहिर निस्किने छुट दिनेछ,’ उनले भने–‘अहिले विश्वविधालयले अनलाइनमार्फत नभए छुट्टी लिन आग्रह गरिरहेका छन्। छुटेको पढाई गर्मीको छुट्टीमा गरिने भनिएको छ।’
सरकारले सर्वाधिक जम्मा हुने ठाउँमा नजान आफ्ना नागरिकलाई सुझाव दिएको छ। सरकारी निर्णयपछि दक्षिण काेरियामा कार्यरत नेपाली कामदारहरु अन्याैलमा रहेका छन्। काेरियामा ८० हजार वैधानिक र १० हजार अवैधानिक गरी कूल ९० हजार नेपाली कामदार रहेकाे आशंका गरिएकाे छ।
सरकारले गैरकानुनी रुपमा बसाेबास गरेका विदेशी नागरिकलाई पनि शंका लागे स्वास्थ्य उपचारका लागि अस्पताल जान आवहान गरिसकेकाे छ। उनीहरुकाे हकमा कुनै कानुनी मान्यता नखाेजिने काेरियाकाे अध्यागमन विभागले जानकारी दिइसकेकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया