रातोपाटी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको काम कारबाहीमाथि खबरदारी गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाया सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ ।
आइतबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा छाया सरकार गठनको ९ महिनापछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो ।
काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा छाया सरकारका मन्त्रीहरुको काम कारबाहीको समीक्षा भएको भएको छ ।
काँग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाइएको थियो । सरकारको कामलाई निगरानी गर्ने गरी छाया सरकार बनाउने काँग्रेसको विधानमा व्यवस्था छ ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा ६३ र राष्ट्रिय सभामा १३ जना गरी काँग्रेसका ७६ जना सदस्य छन् ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया