मङ्गलबार, १६ डिसेम्बर २०२५

जुत्ता हान्ने विप्लवका कार्यकर्ता भन्छन्: प्रचण्डकाे कुरा चित्तै बुझेन (भिडियाेसहित)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार प्रकाउ परेका छन्। 

पक्राउ पर्नेमा जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवा रहेका छन्। 

आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए। उनले हानेको जुत्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिए।

अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

प्रहरीकाअनुसार उनी पूर्वमाओवादी कार्यकर्ताका छोरा हुन्। रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए। उनी पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध थिए।

अचेल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए। उनले नेपालगञ्जमा अमिन पढेका थिए।

‘प्रचण्ड आउने थाहा पाएपछि भाषण सुन्न गएको थिएँ। उहाँले गर्नुभएको वर्गसंघर्षको कुरा चित्त बुझेन। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!