बिएल संवाददाता
नेपाल कम्युनिष्ट पाटी (नेकपा) जुम्लाले प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला सिंजा घोड्यांगा गाउँका रतन तिरुवा सहिद परिवार र नेकपाको समर्थक नभएको जनाएको छ।
तिरुवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए। यो समाचार आएसँगै नेकपा जुम्लाले विज्ञप्ति निकालेको हो।
नेकपा जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले निकालेकाे विज्ञप्तिमा तिरुवा जुम्लामा पनि पटकपटक अराजक कार्यमा संग्लन रहेको र प्रहरीले पनि खोजी रहेको व्यक्ति भएको उल्लेख गरिएकाे छ।

विज्ञप्तिमा भनिएको छ,‘जति निन्दा गरे पनि नपुन्ने यो अराजनैतिक उदण्ड, आंतककारी कार्यमा संलग्न जुम्ला सिँजा गाउँपालिका निवासी मुन तिरूवाको छोरा कथित रतन तिरूवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म होइन। यो विप्लव समूहको गतिविधिमा रहेको व्यक्ति हो।’
पूर्वलडाकू र सहिद परिवार भनेर हल्ला भइरहेकोमा कुनै सत्यता नरहेको अध्यक्ष कुँवर बताउँछन्। सार्वजनिक स्थलमा गम्भीर प्रकारको घृणित कार्य गर्ने रतन तिरुवा भन्ने व्यक्तिलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न नेकपा जुम्लाले माग गरेको छ। विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिक परिर्वतनका सुत्रधार कमरेड प्रचण्डमाथि गरिएको निन्दनीय कार्यको नेकपा जुम्ला घोर भत्सना गर्दछ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया