बिहिबार, २१ अगस्ट २०२५

काभ्रेमा बस दुर्घटना हुँदा ४४ जना घाइते

News Image
• • •

काभ्रेको चौंरीदेउराली गाउँपालिका–५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।

रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको झाले बताए ।

झाका अनुसार विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बुधबार बिहान करिब १० बजेको समयमा बस दुर्घटनामा परेको हो ।

घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

दुर्घटना पश्चात फरार रहेका बसका चालक अहिले टेलिफोन सम्पर्कमा आइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले बताए ।

बिहिबार, फाल्गुण २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)