बुधबार, २७ अगस्ट २०२५

चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक

News Image
• • •

चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठ, सरोज खनाललाई देखाइएको छ । 

३ मिनेट लामो ट्रेलरमा एक्सन, प्रेम र विछोडको कथालाई समेटिएको छ । रेखा र सविनको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

पटक–पटक सर्दै आगामी बैशाख २६ गते प्रदर्शन मिति तय गरिएको यो चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । शिवम अधिकारीले लेखेको चलचित्रमा कास्यप घिमिरेको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।

चलचित्रमा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।

 

बिहिबार, फाल्गुण २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!