भुटानमा काेराेनाकाे त्रास, सबै नाका बन्द

भुटानले सबै नाका बन्द गरेको छ।  

शुक्रबार भुटानमा पनि पहिलो पटक एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सबै नाका बन्द गरेको हो।  संक्रमण थप बढ्दै नजाओस् भन्ने उद्धेश्यले दुई हप्ताको लागि सबै नाका बन्द गरेको प्रधानमन्त्री लोटे छिरिङले आफ्नो फेसबुकमा लेखेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार भारत हुँदै गत सोमबार भुटान पुगेका ७६ वर्षीय अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै स्वास्थ्य अधिकारीहरूले उनीसँग सम्पर्कमा रहेका ९० जनालाई बिहीबार क्वारन्टाइनमा राखेका छन्।

हालसम्म भने उनीहरूमा कुनै खालको लक्षण नदेखिएको स्वास्थ मन्त्रालयले जनाएको छ। त्यस्तै, शुक्रबारदेखि भुटानको राजधानी थिम्पुसहित तीन ठाउँका विद्यालय पनि बन्द गर्न अनुरोध गरेको छ।
 

प्रकाशित मिति: : 2020-03-07 01:56:21

प्रतिकृया दिनुहोस्