बिएल संवाददाता
गोरखाको उच्च हिमाली क्षेत्र मनास्लु मुनिका गाउँहरू साम्दो, सामागाउँ, स्याला, स्यो, वर्जम र नमरूङमा परेको हिमपातले यहाँको जीवन कस्टकर भए पनि देखिने दृश्यले यहाँ आउने पर्यटकलाई आकर्षण गरिरहेका छन्।
उत्तरी गोरखास्थित ल्हो, स्याला र सामागाउँबाट नाङ्गो आँखाले देख्न सकिने ८१६३ मिटर उचाईको मनास्लु हिमाल बादलुको घुम्टो मुनि लुकेर बसेको जस्तो देखिन्छ।
गाउँमा हिउँ परिरहेको छ। तर पनि स्थानीय रमाइरहेका देखिन्छन्। बाहिर हिउँ परिरहे पनि चिसो मौसममा गाउलेहरू दिनभरि आगो तापेर घर भित्र बसेका छन्।
हिउ परिरहेको समय सुन्दर गाउँ कुनै फिल्म छायाङ्कनको लागि तयार पारेर राखिएको स्थान जस्तै देखिन्छ।
यसपाली गएको वर्षभन्दा बढी नै हिमपात भए पछि सामागाउँसम्म हिँडेका पर्यटक ल्होबाटै फर्किने गरेका छन्। मनास्लु देख्न न पाए पनि प्रत्यक्ष हिउँ परेको देख्दा आगन्तुक पनि खुशी देखिन्छन्।
एक सातादेखि हरियो घाँस खान नपाएका घोडा खच्चर र चौरी पनि खुल्ला आकास मुनि सुकेको घास खान बाध्य देखिन्छन्। गाउँमा हिउँ परिरहेकै बेला कोही घरको छतमा परेको बाक्लो हिउँ सफा गर्दैछन् भने कतिपय मानिस घरासी काममै व्यस्त देखिन्छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया