राजकुमार शर्मा
जब तिमीलाई देखें तब एउटा अनौठो आभास भयो,
परिचित मुस्कानमा हराएको एउटा इतिहास रह्यो।
हजारौँको भीडमा पनि तिमीलाई नै रोजे,
तिमीमानै कतै आफ्नै छाया खोजे।
त्यो मुस्कानमा सायद कुनै पुरानो आफ्नोपन थियो,
तिमीलाई हेर्दा लाग्यो, आफ्नै मनको ऐना थियो।
रोक्दा–रोक्दै पनि शब्दहरू मुहान फुटे झैँ बग्न थाले,
मौन बसेका रहरहरू तिम्रै सामीप्यमा जाग्न थाले।
म त एउटा कर्मयोगी, कर्ममा विश्वास राख्ने मान्छे,
भाग्यको खेल भन्दा यथार्थको बाटो नाप्ने मान्छे।
तर तिमीलाई देख्दा मेरो सारा धैर्यता डगमगायो,
मनभित्रको निश्चल प्रेम ओठमा आएर मुस्कुरायो।
लुकाइन मैले केही, सबै कुरा निर्धक्क भनिदिएँ,
मनको सफा पानामा तिम्रो नाम कोरिदिएँ।
न त कुनै सर्त राखें, न त कुनै आसै बोकें,
केवल धड्कनको ढुकढुकीमा तिम्रो नाम रोपें।
त्यही क्षण, त्यही पल तिमीलाई आफ्नो माने
पहिलो भेटमै तिमीलाई आफ्नो सर्वस्व जाने।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया