बिहिबार, १४ अगस्ट २०२५

ढुक्क हुनुहाेस्, एकीकरणपछि पार्टी फुट्दैन: कमल थापा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्छ भन्ने आशंका नगर्न आग्रह गरेका छन्। 

पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौ भने गति लिन नसकिने बताए।

‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ। सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौ भने गति लिन सकिँदैन्। ढुक्क हुनुहाेस् अब पार्टी फुट्दैन,’उनले भने।

अरु कुनै पनि पार्टीले कम्युनिस्ट र कांग्रेसको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने भन्दै अध्यक्ष थापाले राप्रपा नै वैकल्पिक शक्ति बन्ने दाबी गरे।

उनले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उद्दार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे।
 

बुधबार, फाल्गुण २८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)