बिहिबार, १४ अगस्ट २०२५

मस्त निद्रामा रहेका श्रीमानलाई श्रीमतीले तेजाप छ्यापीन् !

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

काठमाडौंको बालाजुमा एक जनाले आफ्नौ श्रीमानलाई तेजाव छ्यापेकी छन्।  बालाजु बस्ने २७ वर्षीय रामराजा थापालाई उनकै श्रीमती प्रतिमा थापाले राति सुतेका बेला तेजाब छ्यापेकी हुन्। 

घरयासी बिवादपछि साँझ खाना खाएर सुतेका थापामाथी  मस्त निद्रामै श्रीमतीले तेजाव छ्यापेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उक्तम सुवेदीले जानकारी दिए। तेजाप छ्यापेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको थियो । 

नुवाकोट घर भई काठमाडौंको बालाजुमा बस्दै आएका रामराजा र प्रतिमाबीच ६ वर्षअघि विवाह भएको हो। रामराजाले राजधानीमा माइक्रो बस चलाउँदै आएको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बुधबार, फाल्गुण २८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)