
देखापढी
निकेश खत्री
विकल्प त उनीहरूसँग पनि थुप्रै थिए। जागिर खाने। विदेश जाने। वा अन्य कुनै व्यवसाय गर्ने। तर, ललितपुरका प्रशन्न शाक्य (२७) र साजन जोशी (२६) ले आफ्नो पुर्ख्यौली पेशा नै अपनाउने निर्णय गरे।
उनीहरूको पुर्ख्यौली पेशा थियो- हस्तकला। धातु, काठ, कपडा र कागजबाट विभिन्न सामग्री बनाएर बजारमा बेच्ने। त्यही पेशालाई आधुनिक बजारसँग जोडे यी दुईले। अनि स्थापना गरे- ‘कयो स्टुडियो’।
हस्तकलाका सामग्रीलाई इन्टरनेट अर्डरबाट विक्री गर्ने कम्पनी हो यो।
सामान्यतः हस्तकला व्यवसायमा तयार भएर बजारमा आइसकेका सामग्रीबाटै ग्राहकले आफूलाई मन पर्ने छान्नुपर्ने हुन्छ।
तर, कयोले उत्पादन गर्ने हस्तकलाका सामग्रीमा त्यस्तो हुँदैन। ग्राहकले आफूलाई मन पर्ने र आफूले चाहेको वस्तुबारे कम्पनीलाई अर्डर दिन्छन्। ग्राहकको अर्डरअनुसार कम्पनीले डिजाइन गर्छ।
कम्पनीमै बन्ने सामान छ भने आफैंले बनाउँछ। आफूले बनाउन नसक्ने सामग्री भने आफूसँग जोडिएका हस्तकला निर्माण गर्ने अन्य कम्पनी (भेण्डर)लाई अर्डर दिन्छ। तयार भइसकेपछि ग्राहकको घरमै पुर्याइदिन्छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया