शुक्रबार, १५ अगस्ट २०२५

३० हजार घुससहित जिल्ला अदालत कास्कीका श्रेष्तेदार पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले बुधबार उनलाई रंगेहात नियन्त्रणमा लिएको हो। 

सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

उनका अनुसार सुरुमा ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेका हुन्।

श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भएर कास्की पुगेका थिए।

शुक्रबार, चैत्र ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!