ईश्वरी राई (इशु)
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण सानादेखि ठूला-ठूला व्यवसायीसम्म पीडित भएका छन्। सरकारले भीडभाडमा अत्यावश्वक काम नपरी नजान उर्दि गरेसँगै टेम्पु चढ्ने यात्रु पुरै घटेका छन्।
विगत ९ वर्षदेखि काठमाडौंमा टेम्पु चलाएर परिवार पाल्दै आएकी ५० वर्षिया विष्णु लामालाई अहिले साहुलाई के तिर्ने र घर खर्च कसरी चलाउने भन्ने पीर परेको छ। दैनिक १० टिभसम्म ओहोरदोहोर गरेर कम्तिमा ४५०० कमाउँदै आएकी विष्णुलाई अचेल यात्रु पाउन समस्या परिरहेको छ।
‘अहिले मान्छे पाउनै मुश्किल छ, पहिले नभएको पनि ४५ सय कमाइ हुन्थ्यो अहिले त २ हजार पनि पुग्दैन’, उनले बिएल नेपाली सेवासँग भनिन्,‘पहिले टेम्पु मालिकलाई ३५०० दिन पनि पुग्थ्यो तर अहिले अहिले कमाइनै छैन् के गर्नु?’
कमाइ नभए पछि उनले टेम्पु मालिकलाई कमाइअनुसार रकम बुझाउने गरेकी छन्। उनी धुँवा र धुलोबाट बच्न भन्दै मुख छोपेर टेम्पु चलाउने गर्छन्।

त्यस्तै अर्का टेम्पु चालक ईन्द्रमान तामाङलाई पनि कोरोनाको त्रासले सताएको छ। ५३ वर्षे तामाङले विगत २० वर्षको अवधिमा आफूले यस्तो समस्या कहिल्यै नभोगेको बताए।
‘यो कोरोनाको त्रास भित्रिएपछि व्यवसाय पुरै घाटामा लागेको छ’, उनले भने, ‘मान्छे नै छैन्। बिहान ७ बजेदेखि बेलुकाको ८ बजेसम्म काम गर्दा पनि २ हजारसमेत कमाइ हुन्न।’
पहिले पहिले दैनिक ३५०० सय भन्दा बढी कमाइ हुने उनको हिजो आज टेम्पु मालिकलाई तिर्नेसम्मको पैसा नपुग्ने बताए। उनले यस्तै हो भने अब सरकारले रासन पानीको व्यवस्था गर्नुपर्ने बताए।

विगत १० वर्षदेखि टेम्पु चलाउँदै आएका ४३ वर्षिय केशव खत्रीको समस्या पनि उस्तै छ। बिहानदेखि बेलुकासम्म १० टिभसम्म टेम्पु चलाउने उनी हिजो आज यात्रु नै नहुने बताउँछन्। ‘पहिले दिनमा ४५०० जति हुन्थ्यो। टेम्पु मालिकलाई ३००० जति दिनुपथ्यो’, उनले भने, ‘अहिले त्यही २७०० जति हुन्छ। त्यहि पनि मालिकले पूरा पैसा माग्छ,के खाने?’

यस्तै अर्का टेम्पु चालक बुद्धिबहादुर सुनारको पनि समस्या उस्तै छ। ‘विगत १२ वर्षदेखि लगातार टेम्पु चलाएँ, अहिलेजस्तो मन्दी कहिल्यै आएको थिएन’, उनले भने, ‘बिहानै ६ बजेदेखि बेलुकाको ७ बजेसम्म टेम्पु चलाउँदा पनि २ हजार कमाइ हुन्न।’

२५ वर्षदेखि राजधानीमा टेम्पु चलाउँदै आएका कमल थापाले पहिलो पटक व्यवसायमा घाटा लागेको बताए। विगतदेखि जस्तोसुकै बन्द र हड्ताल हुँदै आए पनि काममा कुनै समस्या नरहेको बताउँदै उनले कोरोनाले पहिलो पटक घाटा लगाएको बताए। टेम्पु मालिकलाई पुग्ने गरी पैसा दिनसमेत नभएको भन्दै उनले भने ‘मान्छे नै नभएपछि कसरी व्यवसाय चलाउने?’

यस्तै विगत १० वर्षदेखि टेप्पो चलाइरहेकी ३० वर्षिया कृषा तामाङको पनि कमाइ छैन। बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म चलाउँदा पनि साहुलाई दिने पैसै भेला नहुने उनको गुनासो छ।
कोरोनाको हल्ला सुनेपछि व्यवसाय घाटामा गएको कृषाको भनाइ छ। ‘मान्छे नै घटिसक्यो। व्यवसाय पनि घट्यो।’ कोरोनाको नामले आफु नडराएको उनी बताउँछिन्। ‘कोरोनासगँ मलाई खासै डर लाग्दैन’, उनले भनिन्, ‘एकदिन मर्नेपर्छ। मर्नलाई केको डर।’

त्यस्तै अर्का टेम्पु चालक छन्। ३१ वर्षका सुवास तामाङ। जसले ९ वर्षदेखि बिहानको ८ बजेदेखि बेलुकाको ८ बजेसम्म टेम्पु चलाउँछन्। उनलाई पनि कोरोनाको त्रासले यात्रु पाउन गाह्रो भइरहेको छ।
पहिले दिनमा १० टिभ काम गरेवापत ४५०० कमाइ हुने बताउदैँ उनले भने, ‘टेम्पु मालिकलाई ३६०० दिनुपर्छ। त्यो पनि अहिले त उठ्दैन।’ कोरोनाको कारण व्यवसायमा घाटा लागेको उनको भनाइ छ। ‘यसको त्रासले गर्दा मान्छे बाहिर निस्कन् खोज्दैनन्’, उनले भने, ‘जसको प्रत्यक्ष असर हामीलाई परेको छ।’

नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया