भारतीय प्रधानमन्त्रीद्वारा मुख्यमन्त्रीहरुसँग भिडियो सम्मेलन

बिएल संवाददाता

नयाँदिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मुख्यमन्त्रीहरुसँग भिडियो सम्मेलन गरेका छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा नियन्त्रणका उपायका बारेमा उनहरुले छलफल गरेको जनाइएको छ ।

भिडियो सम्मेलनमा उडिसा प्रदेशका मुख्यमन्त्री नवीन पटनायक, आन्द्र प्रदेशका मुख्यमन्त्री वाई.एस. जागन मोहन रेड्डी, अरुणाञ्चल प्रदेशका मुख्यमन्त्री पेमा खाँडु, आसाम प्रदेशका मुख्यमन्त्री सर्वानन्द सोनोवाल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलगायतसँग प्रधानमन्त्री मोदीले छलफल गरेका छन्।

यसअघि बिहीबार प्रधानमन्त्री मोदीले यही मार्च २२ तारिखका दिन जनता कफ्र्यू लागू गर्न आह्वान गरेका थिए।

प्रधानमन्त्री मोदीकै प्रयास र प्रस्तावमा केही दिन अगाडि सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुका बीचमा पनि भिडियो सम्मेलन भएको थियो ।

उनले जी–२० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुका बीचमा पनि भिडियो सम्मेलन गर्ने बारेमा छलफल चलाए।

प्रकाशित मिति: : 2020-03-21 10:58:51

प्रतिकृया दिनुहोस्