भारतले इटालीको रोममा फसेका नागरिकलाई उद्धार गर्न विमान पठाउँदै

भारतले इटालीको रोममा फसेका आफ्ना नागरिकलाई उद्धार गर्नका लागि विमान पठाउने भएको छ।

कोरोना भाइरस अर्थात कोभिड-१९को महामारीले बढी प्रभावित भएको रोममा रहेका भारतीयलाई स्वदेश ल्याउनका शनिबार विमान पठाउन लागेको हो। 

जसका लागि भारतले राष्ट्रिय ध्वजाबहाक एयर इन्डियाको ७८७ ड्रिमलाइनर विमान पठाउने तयारी गरेको छ।  रोममा भारतीय लिन जाने विमान नेपाली समय अनुसार शनिबार दिउँसो पौने तीन बजे तिर त्यसतर्फ उड्ने जनाइएको छ। रोममा रहेका भारतीयलाई लिएर विमान आइतबार बिहान दिल्ली फर्किने छ।

भारतमा आइतबारदेखि एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लाग्दैछ। एक हप्तासम्म कुनै पनि अन्तर्राष्ट्रिय वायु सेवाका विमानहरुले भारतमा अवतरण गर्न पाउने छैनन्।

प्रकाशित मिति: : 2020-03-22 02:51:21

प्रतिकृया दिनुहोस्