बिएल संवाददाता
सुदूरपश्चिम प्रदेश प्रदेश सरकारले कैलालीको गौरीफन्टामा नाकामा रोकिएका करिब एक हजार नेपालीलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राख्ने गरि प्रवेश अनुमति दिएको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार सीमा नाकाको दशगजा क्षेत्रमा रोकिएर बसेका हजारौ नेपालीलाई सम्बन्धित गाउँ तथा नगरपालिकाको क्वारेन्टाइनमा राख्ने गरी भित्र्याउन लागिएको हो।
बोहोराका अनुसार सीमामा रोकिएका नेपालीलाई उनीहरुको स्वास्थ्य परीक्षण र व्यक्तिगत बिवरण हेरिसकेपछि सम्बन्धित जिल्लासम्म बसमा पुऱ्याएर क्वारेन्टाइनमा राखिन्छ।
भारतका विभिन्न सहरमा काम गर्ने करिब एक हजार नेपाली सोमबार साँझदेखि मंगलबार बिहानसम्म गौरीफन्टा नाकामा आइपुगेका थिए।
उनीहरुलाई स्थानीय प्रशासनले प्रवेश गर्न दिएको थिएन। सोमबार साँझ पुगेका नेपालीहरु दशगजाको खुल्ला चौरमै रात बिताउन बाध्य भएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया