बिएल संवाददाता
सुदूरपश्चिम प्रदेश प्रदेश सरकारले कैलालीको गौरीफन्टामा नाकामा रोकिएका करिब एक हजार नेपालीलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राख्ने गरि प्रवेश अनुमति दिएको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार सीमा नाकाको दशगजा क्षेत्रमा रोकिएर बसेका हजारौ नेपालीलाई सम्बन्धित गाउँ तथा नगरपालिकाको क्वारेन्टाइनमा राख्ने गरी भित्र्याउन लागिएको हो।
बोहोराका अनुसार सीमामा रोकिएका नेपालीलाई उनीहरुको स्वास्थ्य परीक्षण र व्यक्तिगत बिवरण हेरिसकेपछि सम्बन्धित जिल्लासम्म बसमा पुऱ्याएर क्वारेन्टाइनमा राखिन्छ।
भारतका विभिन्न सहरमा काम गर्ने करिब एक हजार नेपाली सोमबार साँझदेखि मंगलबार बिहानसम्म गौरीफन्टा नाकामा आइपुगेका थिए।
उनीहरुलाई स्थानीय प्रशासनले प्रवेश गर्न दिएको थिएन। सोमबार साँझ पुगेका नेपालीहरु दशगजाको खुल्ला चौरमै रात बिताउन बाध्य भएका थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया