‘नेपाल आइडल’ सिजन–३ काे प्रशारण स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

सिङगिङ रियालिटी–सो ‘नेपाल आइडल’ सिजन–३ केही समयका लागि स्थगित हुने भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणलाई ध्यान दिँदै नेपाल आइडल केही समय प्रशारण नहुने भएको हो। 

नेपाल आइडलका निर्देशक सुरेश पौडेलले सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै प्रशारण रोकेको जानकारी दिए।

‘हामीले अवस्था सामान्य नहुञ्जेलसम्मका लागि रोक्ने निर्णय गरेका छौं,’ उनले भने,‘यो बिहीबारको श्रृंखलामा निर्णायकको केही सन्देश र प्रतिस्पर्धीलाई शुभकामना दिएपछि अवस्था सामान्य नभएसम्मका लागि स्थगित गर्नेछौं।’

गत हप्ता उत्कृष्ठ दशबाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए।  वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आआफ्नो प्रस्तुती दिएका थिए। वाइल्ड कार्ड इन्ट्रीबाट एक जना पुनः प्रवेश गरेपछि  पाँच जनाबीच प्रतिस्पर्धा हुने छ। 

केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर  र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरिसकेका छन्। नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन्।

प्रकाशित मिति: : 2020-03-25 10:40:18

प्रतिकृया दिनुहोस्