अमेरिकी डलरको भाउ आकासियो, इतिहासमै नेपाली रूपैया सबैभन्दा सस्तो

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

१ अमेरिकी डलर = १२२ रूपैयाँ ३४ पैसा । 
अमेरिकी डलर र नेपाली रूपैयाबीचको पछिल्लो बिक्रि दर हो यो। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि यस्तो विक्रिदर प्रकाशित गरेको छ। खरिद दर भने १ अमेरिकी डलर = १२१ रूपैयाँ ७४ पैसा कायम गरेको छ। 

अमेरिकी डलर र नेपाली रूपैयाबीच विनिमय दरको यो आंकडाले अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासमै सबैभन्दा सस्तिएको देखाउँछ। 

विश्वभर कोरोना कहर भएकाले अहिले मानिसको पहिलो प्राथमिकता बाँच्नु रहेको छ। त्यसैले डलरको भाउ बढ्नु र घट्नुले खासै अर्थ राख्दैन। यसै पनि विदेशमा डलर कमाउने नेपाली यतिबेला सेल्फ क्वारिन्टिनमा छन्। 

यो विनिमय दर अमेरिकी डलर मजबुत भएर भएको हैन, भारतीय रूपैया कमजोर भएर कायम भएको हो । नेपाली मुद्रालाई भारतीय मुद्राको आधारमा डालो प्रणालीमा राखेर विदेशी मुद्रासँग विनिमय दर तोकिने भएकाले नेपाली मुद्राको यो हरिविजोग अवस्था देखिएको हो । 

अमेरिकी डलर महँगो हुँदा रेमिट्यान्स पठाउनेलाई फाइदा भए पनि यसले समग्र अर्थतन्त्रमा भने गम्भीर असर देखाउँछ। नेपाल आयातमुखी अर्थतन्त्र भएको मुलुक भएकाले डलर बलियो हुँदा व्यापार घाटा झनै बढ्छ।

विश्वभर कोरोना कहर भएकाले अहिले मानिसको पहिलो प्राथमिकता बाँच्नु रहेको छ। त्यसैले डलरको भाउ बढ्नु र घट्नुले खासै अर्थ राख्दैन। यसै पनि विदेशमा डलर कमाउने नेपाली यतिबेला सेल्फ क्वारिन्टिनमा छन्। 

प्रकाशित मिति: : 2020-03-25 12:20:11

प्रतिकृया दिनुहोस्